विकास र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता

  • साउन ७, २०८२
  • १०८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

श्रावण ७ गते, जनकपुर — नेपाल सरकारका सहरी विकास मन्त्री तथा उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्वमन्त्री तथा प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहबीच आज जनकपुर विमानस्थलको भिआइपी कक्षमा भेटघाट तथा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको छ। भेटवार्तामा समग्र मधेश प्रदेशको विकास, वर्तमान समयमा मधेशमा बढ्दो खानेपानीको हाहाकार, कृषकहरूलाई मलखाद अभाव लगायतका ज्वलन्त समस्याबारे विस्तृत छलफल भएको थियो। नेता वीरेन्द्र प्रसाद सिंहले सहरी विकास मन्त्री सिंहलाई केन्द्र सरकारमार्फत मधेश प्रदेशको समस्यालाई सम्बोधन गर्ने ठोस परियोजना सहितको विशेष प्याकेज ल्याउन आग्रह गरेका थिए। उक्त अवसरमा मन्त्री सिंहले यी समस्या समाधानका लागि चाँडै पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको नेता सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए। सहरी विकास मन्त्री प्रकाशमान सिंह आजै संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधाम, धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका–१३ मा निर्माण गरिएको सीता पुष्पवाटिका (मणिमण्डप) को उद्घाटन कार्यक्रममा सहभागी हुन जनकपुर आएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...