बाडियाले विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मानित

  • साउन ८, २०८२
  • ४३४ पटक पढिएको
  • अजय
alt

काठमाडौं - थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित ठमेलमा रहेकाे नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा प्रमाण पत्र दिएर खादा माला लगाई सम्मान गरिएको हो । अहिले सम्पूर्ण खेलाडी स्वदेश फरकिएका छ्न र अहिले चासो बिसय के छ भने नेपाल सरकार ले यी प्रशिक्षक र खेलाडीहरु सम्मान कहिले गर्ने हो ? नेपाल स्टेन्थलिफ्टिङ महासंघ स्थापित (ई.सं. २०२१) काठमाडौं स्थापना भएको थियोे । महासंघले निरन्तर खेलाडीहरुलाई प्रोत्साहित गर्दै आएको छ र महासंघको थप उन्नतिका का लागि नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको छ । थाईल्याण्डको पटायामा सम्पन्न १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बी.पी. च्याम्पियनसिप प्रतियोगिता २०२५ जुलाई १६ देखि १९ सम्म संचालन भएको हो । नेपालको प्रतिनिधित्व विभिन्न खेलाडीले पदक जितेका हुन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का करण वाडियाले बिश्व रेकर्ड बनाएका थिए। वाडियाले सिनियर ६० के. जी. तौल समूहको आई.बी.पी.मा दोस्रो स्थान, स्ट्रेन्थलिफ्टिङ्ग (हेक लिफ्ट) मा प्रथम स्थान र २२० के. जी. भार उठालेर विश्व रेकर्ड हासिल गर्न सफल भएकोले महासंघले बधाईका साथ स-सम्मान यो सम्मानपत्र प्रदान गरेको छ । वाडिया संगै रहेका सम्पूर्ण खेलाडीलाई सम्मान - पत्र प्रदान गरिएको हो । उक्त प्रतियोगितामा सहभागी नेपालगन्ज ७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य जित्न सफल भएका थिए । यस्तै नेपालगन्ज २ घरबारी टोलका सन्तोष काजी शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक जित्नु भएको थियोे । सो प्रतियोगितामा नेपालबाट नौ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा नेपालीे टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको महासंघले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...