कर्जनहामा नुहाउने क्रममा ८ वर्षीय बालक बेपत्ता

  • साउन ९, २०८२
  • ७७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, कर्जनाहा — सिरहाको कर्जनाहा नगरपालिका वडा नं. ११ का दिपक महराका ८ वर्षीय छोरा शिबा महरा नुहाउने क्रममा बेपत्ता भएका छन्। शिबा महरा कर्जनाहा अस्पताल नजिकैको नहरमा नुहाउँदै गर्दा अचानक बेपत्ता भएका हुन्। घटनापछि आफन्तहरूले स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई जानकारी गराए पनि खोजी कार्यमा कुनै पनि पक्षको सक्रियता नदेखिएको भन्दै पीडित परिवारले गुनासो पोखेका छन्। बालकको खोजी कार्यमा ढिलासुस्ती भएको भन्दै उनका आफन्त तथा स्थानीयवासीहरू आक्रोशित भएका छन्। उनीहरू हाल कमला सिचाइ पूर्वी नहर प्रणालीको पोर्ताहा कार्यालयमा धर्ना तथा विरोध आन्दोलनको तयारीमा रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...