सिराहा जिल्ला अदालतद्वारा तीन वर्षमा उल्लेखनीय मुद्दा फछ्यौट, २०८१/८२ मा ८० प्रतिशतभन्दा बढी प्रगति

  • साउन ९, २०८२
  • ३८९ पटक पढिएको
  • राम पुकार यादव
alt

सिराहा, साउन – सिराहा जिल्ला अदालतले पछिल्ला तीन आर्थिक वर्षमा मुद्दा फछ्यौटको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै न्यायिक प्रक्रियामा विश्वास अभिवृद्धि गर्ने कार्यमा सशक्त कदम चालेको छ। आ.व. २०७९/०८० देखि २०८१/०८२ सम्मको तथ्याङ्क विश्लेषण गर्दा अदालतले प्रत्येक वर्ष आफ्नो प्रदर्शनमा क्रमशः सुधार गरेको स्पष्ट देखिन्छ। आ.व. २०७९/०८० मा कुल ८,१११ मुद्दा रहेकोमा ३,९१५ मुद्दा फछ्यौट गरिँदा ४८.२५ प्रतिशत फछ्यौट दर कायम गरिएको थियो। त्यसैगरी २०७९/०८० मा बाँकी रहेका मुद्दा ४,१९६ रहेका थिए, जसमा १८ महिनाभन्दा पुराना ३७८ र २ वर्ष नाघेका ६९१ मुद्दा थिए। सो वर्षको वार्षिक लक्ष्य ५,८४४ मुद्दा फछ्यौट गर्ने थियो, जसमा ६६.९९ प्रतिशत मात्र पूरा भएको थियो। आ.व. २०८०/०८१ मा कुल लगत ८,५७५ मुद्दामध्ये ४,३६१ फछ्यौट भई ५०.८६ प्रतिशत फछ्यौट दर देखिएको छ। बाँकी ४,२१३ मुद्दामध्ये ८६७ मुद्दा १८ महिना नाघेका थिए भने ५३१ मुद्दा २ वर्षभन्दा पुराना थिए। वार्षिक लक्ष्य ६,५५६ कायम गरिए पनि ६६.५१ प्रतिशत मात्र उपलब्धि हासिल गर्न सकिएको थियो। ताजा तथ्याङ्क अनुसार, आ.व. २०८१/०८२ मा अदालतले झनै सुधार गर्दै कुल ९,१९१ मुद्दामध्ये ५,७२० फछ्यौट गर्न सफल भएको छ, जसबाट ६२.२३ प्रतिशतको सराहनीय फछ्यौट दर देखिएको छ। बाँकी ३,४७१ मुद्दामध्ये १८ महिना नाघेका ४०४ र २ वर्ष नाघेका १७४ मुद्दा छन्। यस वर्षको वार्षिक लक्ष्य ७,०६८ मुद्दा फछ्यौट गर्ने रहेकोमा ८०.९३ प्रतिशत प्रगति हासिल गरिँदै इतिहासमै उच्चतम कार्य सम्पादन देखाइएको छ। स्रेस्तेदार तथा उपसचिव निरज पोखरेलद्वारा जारी सूचनामा अदालतले यो प्रगतिमा योगदान गर्ने सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको छ। अदालतको यो निरन्तर सुधारले नागरिकलाई शीघ्र न्यायमा पहुँच पुर्‍याउने लक्ष्यमा सकारात्मक संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...