मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमा दुई पोखरीको शिलान्यास

  • मंसिर २८, २०७६
  • ३६८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, मंसिर २८ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमा आज दुई वटा पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको महोत्तरी गा.पा. ३ मडै स्थित ब्रह्मबाबा पोखरी र जलेश्वर न.पा. वडा नं. ४ सुगा स्थित सुकदेव सरमा सौन्दर्यीकरणको शिलान्यास गर्नु भएको छ ।
मडैमा आयोजित शिलान्याश कार्यक्रममा मुख्यमन्त्रीका साथै प्रतिनिधिसभा सदस्य एवं राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी, प्रदेश सभा सदस्य सुरिता साह, सिंघासन साह कलवार, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पूर्व कृषि मन्त्री हरिनारायण यादव सहितको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजिक रुपान्तरणको लागि शुरु गरेको स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ कार्यक्रममा जनसहभागिताको लागि सबै वर्गलाई आग्रह गर्नु भयो । उहाँले प्रदेश सरकारले ल्याएको योजनाहरुमा सवैपक्ष वर्गले सहभागिता नजनाए सम्म सफलता पाउन नसक्ने उल्लेख गर्नु हुँदै आ–आफनो स्थानबाट सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
मडैमा शिलान्यास गरिएको पोखरी सौन्दर्यीकरणमा प्रदेश सरकाले ४ करोड १७ लाखको लागतमा एक वर्ष भित्र पोखरीमा घाट निर्माण, सभागृहको निर्माण, क्यान्टिन , शुलभ शौचालय सहितको निर्माण गरिने भएको छ ।
पोखरीको शिलान्यास पछि मुख्यमन्त्री राउतले प्रदेश सरकारको लगानीमा मडैमा निर्माण गरिएको द्वारको उद्घाटन समेत गर्नु भएको थियो ।
तत्पश्चात जलेश्वर नपा ४ सुगा स्थित सुकदेव सरको सौन्दर्यीकरणको शिलान्यास समेत गरिएको छ ।
१ करोड ६७ लाखको लागतमा हुन लागेको सौन्दर्यीकरणको शिलान्यास मुख्यमन्त्री राउतका साथै प्रदेश नं. २का प्रथम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संयुक्त रुपमा गर्नु भएको छ ।
उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनमा बलमा गठन भएको प्रदेश सरकार आन्दोलनको भावनालाई कदर गर्दै आन्दोलनमा उठेका मांगहरु क्रमशः सम्बोधन गर्न प्रति बद्ध रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले पछिल्लो समयमा चालेको कदमहरु दलित सशक्तिकरण ऐन, महिलालाई ५० प्रतिशतको आरक्षण, अन्य जातिय समुदायलाई संख्याको आधारमा आरक्षण जस्ता कार्यक्रमहरु ट्रेलर मात्र रहेको र यस परिणाम आउने १० वर्षमा देखिने उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रथम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, पूर्व कृषिमन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रामअशिष यादव, सिंघासन साह कलवार, मुख्यन्याधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव रामकृष्ण सुवेदी,जलेश्वर नपाका प्रमुख राम शंकर मिश्र, मटिहानी नपाका प्रमुख हरिमण्डल सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...