उपमेयर रेखा कुमारी यादवले सम्हालिन् कार्यबाहक मेयरको जिम्मेवारी

  • साउन १४, २०८२
  • ५६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहाकाे कल्याणपुर नगरपालिकाकी उपमेयर श्रीमती रेखा कुमारी यादवले आजदेखि कार्यबाहक मेयरको रूपमा जिम्मेवारी सम्हालेकी छिन्। नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले असार ३२ गते (बुधबार) १ लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि यादव कार्यबाहक मेयर नियुक्त भएकी हुन्। नगर कार्यपालिका अनुसार, स्थानीय शासन ऐनअनुसार मेयर अनुपस्थित वा अयोग्य भएका अवस्थामा उपमेयरले कार्यबाहक मेयरको रूपमा कार्य गर्ने व्यवस्था रहेको छ। सोही आधारमा उपमेयर यादवले नगरपालिकाको दैनिक प्रशासनिक, विकास तथा सेवा प्रवाह सम्बन्धी कार्यभार सम्हाल्ने भएकी हुन्। कार्यभार ग्रहणपछि उनले नगरको विकास, जनसरोकारका विषयहरू तथा नागरिक सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...