सिरहामा अपरिचित समुह द्वारा एक वृद्धको हत्या

  • साउन १४, २०८२
  • ४५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकमा धारिलो हतियार प्रहारबाट करिब ७५ वर्षीय फनिलाल यादवको घरमै हत्या भएको छ । राति १ बजेतिर अपरिचित समूहले यादवको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन् । घटनापछि घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी समयमै नआएको भन्दै आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरूले प्रहरी प्रशासनको शान्ति सुरक्षामा लापरबाही, राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभावविरुद्ध नाराबाजी गरेका छन् । हत्याको कारण र संलग्नबारे केही खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...