व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कपिलवस्तुको समृद्धिका लागि महोत्सवमा सबैको सहकार्य आवश्यक : वेयलफेयर  

  • साउन २६, २०८२
  • ३८० पटक पढिएको
  • अजय मिश्रा
alt

 कपिलवस्तु साउन २६     कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।  जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने  महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो । कपिलवस्तु महोत्सव हाल १६ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुने वेलफेयरका अध्यक्ष राज कुमार खाँणले जनाए ।   तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् ।  १६ औं महोत्सव सम्म आईपुग्दा पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थीक मन्दीले पारेको असर ,चर्को व्याजदरले व्यावसायीक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरणमा वेयरफेयरले महोत्सवलाई चुनौतीपुर्ण समयमा निरन्तरता दिदै आएको थियो ।   यस अगाडी वेलफेयरले आयोजना गरेको महोत्सवबाट सकंलन भएको बचत रकमबाट    लागु औषध दुर्व्यसनी तर्फ सहयोग पुर्‍याउदै आएको थियो भने सामाजिक कृयाकलाप , सामुदायिक सहयोग, चोक मा सि.सि क्यामरा , कला संस्कृतिलाई संरक्षण लगाएतका काम गर्दै आएका छन् ।  जिल्लामा हालसंम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेका छन् । २०६५ बाट सुरु भएको महोत्सवको  पहिलो संयोजक को रुपमा स्थानिय समाजसेवी स्व.शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए ।  तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि कपिलवस्तु व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक  देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने संक्रमण कालमा युवाहरुले सम्हालेका थिए ।  जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । सातौ , नवौं  एघारौ , चौथौ महोत्सव संहालेर कपिलवस्तु महोत्सवलाई फरक पहिचान दिन सफल राज कुमार खाँण सामाजिक उत्तरदायित्वमा समेत उत्तिकै अब्बल छन् । हाल सम्म जिल्लामा सर्वाधिक महोत्सवको नेतृत्व संहालेका  वेलफेयरका अध्यक्ष राजकुमार खाँण हुन् ।    १० आंै महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो ।    यस अगाडीका बाâौ र तेâौ महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरको संयोजकत्वमा संम्पन्न भएका हुन् ।   १६ औं  कपिलवस्तुको नेतृत्व  चर्चित समाजसेवी व्यातिmत्व एवं बाणगंगा वेलफेयर सोसायीटीका अध्यक्ष खाँणले काधमा छ ।        महोत्सवले कपिलवस्तु जिल्लाको एतिहासिक तथा धार्मिक विकास सँगसँगै उद्योग व्यवसायको प्रवद्र्धनमा  महत्वपूर्ण भूमिका निर्वाह गर्ने  संयोजक खाँणको भनाई छ ।  यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गने जनाईएर्को छ ।  १६औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने भएको छ । कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त महोत्सव हुन लागेको बाणगंगा वेल्फेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् । वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले १५औं महोत्सवको मञ्चबाट नै यस वर्षको मिति घोषणा गरिएको स्मरण गराउँदै महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ नभई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान भएको बताएका छन् । अध्यक्ष खाँणले महोत्सवलाई कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थभन्दा बाहिर राखी, सबै पक्षको एकता र सहकार्यमा सम्पन्न गरिने बताएका छन् । उनले महोत्सवलाई भव्य, सफल र राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको समेत उल्लेख गरे ।  यस आगाडीका महोत्सवमा हेलिकप्टर सयर गराएर कपिलवस्तुको आकासबाट पुष्पबर्षा ले स्वागत गरि नया“पन दिएको महोत्सवमा अहिले सम्मकै नौलो राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...