सिरहामा भूमिसम्बन्धी ठगी तथा लिखत कीर्ते प्रकरणमा दुई जना पुर्पक्षका लागि थुनामा, पाँच जना अझै फरार

  • साउन २६, २०८२
  • ६८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहास्थित मालपोत तथा भूमिसुधार कार्यालयका कार्यालय सहयोगी राजकुमार राय र भूमि समस्या समाधान आयोगका कम्प्युटर अपरेटर संतोषकुमार यादव ठगी तथा लिखत कीर्ते मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय, सिरहाको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि जिल्ला सरकारी वकिलको कार्यालय, सिरहाले गत शुक्रबार उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। आइतबार जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद थापाको इजलासले थुनछेक बहसपछि दुवै जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। यसै मुद्दामा भूमि आयोग सिरहाका अध्यक्ष रामअधिन यादव, विष्णुपुर गाउँपालिका–१ का शिवदयाल कामति, रामदयाल कामति, सिरहा नगरपालिका–७ का शिवकुमार राय र नगिना राय कुर्मी फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालयले उनीहरूको खोजी जारी रहेको जनाएको छ। नरहा गाउँपालिका–३ का राजदेव यादव, सिरहा नगरपालिका–१२ का गौतमकुमार कार्की र गोलबजार नगरपालिका–७ का मोतिलाल श्रेष्ठले उनीहरूविरुद्ध छुट्टाछुट्टै जाहेरी दिएका थिए। जाहेरीमा ठगी, लिखतसम्बन्धी कसुर तथा संगठित अपराधमा संलग्न रहेको आरोप लगाइएको छ। तर जिल्ला सरकारी वकिलको कार्यालयले संगठित अपराध सम्बन्धी मुद्दामा अझै अनुसन्धान आवश्यक रहेको भन्दै हाललाई अभियोजन नगरी पछि गर्ने निर्णय गरेको छ। जिल्ला न्यायाधिवक्ता राजेन्द्र बहादुर बस्नेतले, “संगठित अपराधमा अझै प्रमाण संकलन गर्नुपर्ने भएकाले अहिले रोकेका हौं,” भने। प्रहरीका अनुसार, आरोपितहरूले सुकुम्बासीका नाममा गैरसुकुम्बासीलाई जग्गा दिने, यसका नाममा विभिन्न व्यक्तिसँग आर्थिक ठगी गर्ने, फर्जी स्रेस्ता बनाएर सरकारी छाप तथा हस्ताक्षर कीर्ते गर्ने जस्ता गैरकानुनी गतिविधि गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...