धनगढीमाईको बाबुराम खोलामा लुगाले बेरिएको नवजात शिशु फेला, अनुसन्धान जारी

  • साउन २८, २०८२
  • ५५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 साउन २८, सिराहा — सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको पुल नजिक उत्तरतर्फको पूर्वी किनारमा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । स्थानिय बासिन्दाले लुगाले बेरिएको अवस्थामा शिशुलाई देखेपछि तत्कालै ईलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए । शिशु फालिएको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाबुराम खोलाको पुल नजिकै हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान कार्य जारी राखिएको धनगढी इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले शिशु कसले र किन फालेको भन्नेबारे अनुसन्धान अगाडि बढाइरहेको छ ,भने घटनाले स्थानिय क्षेत्रमा चासो र चिन्ता उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...