सिरहामा ८८ वर्षीय वृद्धको हत्या आरोपमा दुई युवक पक्राउ

  • साउन २९, २०८२
  • ३९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, २९ असार। सिरहा प्रहरीले धनगढीमाई नगरपालिका–११ मा भएको वृद्ध हत्या आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। लहान नगरपालिका–२४ मल्हनामा घर भई धनगढीमाई नगरपालिका–११ आमटोल बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डललाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माका अनुसार आरोपितहरू चोरी गर्ने उद्देश्यले वृद्धको घरभित्र पसेका थिए। वृद्धले हल्ला गर्न थालेपछि उनीहरूले खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको हो। सीसीटीभी फुटेज र घटनास्थलमा छुटेको चप्पलको आधारमा प्रहरी अनुसन्धान अघि बढेको थियो। सोही क्रममा साउन २३ गते मण्डललाई पक्राउ गरियो। मण्डलको बयानका आधारमा साउन २७ गते चौधरीलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। चौधरीले आफ्नै साथमा रहेको खुकुरी प्रहार भएको र उक्त खुकुरी काकाको घरबाट ल्याइएको तथ्य खुलेको छ। यो घटनामा इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको एसपी शर्माले बताए। जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ। फनिलालको हत्या साउन १४ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...