कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी इन्सपेक्टरको पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार

  • मंसिर २८, २०७६
  • ३०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनुषामा डिउटीमै वीरगति प्राप्त गरेका प्रहरी इन्सपेक्टरको पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार गरियो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्व. दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्व. दाहालका परिवारजन एवं आफन्तजनले समेत स्व. दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रहरी निरीक्षक स्व. दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. दाहालको पार्थिव शरीरमा उहाँका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिनुभयो ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ कुचियाही टोलमा गएराति शंकास्पद वस्तु वि ष्फोटन हुँदा ग म्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक दाहालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा वीरगति प्राप्त गर्नुभएको थियो । संखुवासभामा जन्मिनुभएका प्रहरी निरीक्षक दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ कृष्णनगरमा बस्दै आउनुभएको थियो । वि.सं. २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएका स्व. दाहाल वि.सं. २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा वि.सं. २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । स्व. दाहालका बुवा, आमा, श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रहरी निरीक्षक स्व. दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...