प्रदेश टाइम्स दैनिकका सम्पादक यादवलाई ज्यान मार्ने धम्की दिने तीन जना पक्राउ

  • भदौ ९, २०८२
  • २४४५ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

प्रदेश टाइम्स राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक राम पुकार यादवलाई ज्यान मार्ने धम्की र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको बिष्णुपुर गाउँपालिका स्थित कार्यालयमार्फत दशकौँदेखि संचालनमा रहेको पत्रिकाका सम्पादक यादवलाई धम्की दिएपछि जिल्ला प्रहरी सिरहाले विशेष अनुसन्धानका लागि उनीहरूलाई थुनुवामा राखी अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरुमा सिरहा नगरपालिका–१७ का लाल बिहारी यादव, बिष्णुपुर गाउँपालिका–५ का सन्तोष यादव र सोही ठाउँका पवन यादव रहेका छन्। सञ्चार क्षेत्रको स्वतन्त्रता र पत्रकारको सुरक्षामा प्रश्न उठाउने गरी आएको यो घटनापछि जिल्ला प्रहरीको टोलीले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। यस घटनाले पत्रकारमाथि बढ्दो जोखिम र दबाबको स्थितिलाई पुनः सतहमा ल्याएको छ भने सञ्चारकर्मीले निर्भय भएर पेशागत दायित्व निर्वाह गर्न सक्ने वातावरण बनाउन राज्य जिम्मेवार बन्नुपर्ने माग समेत बढेको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...