इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

  • असोज २३, २०८२
  • ३३२ पटक पढिएको
  • अजय मिश्र
alt

 अजय मिश्र, कृष्णानगर,असोज २३  कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरमा आज विश्व दृष्टि दिवसको अवसरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) - नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। विश्व दृष्टि दिवस (World Sight Day) को अवसरमा यस कार्यालय तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग सय भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको सहभागितामा "नि:शुल्क आँखा चेकजाँच कार्यक्रम" सम्पन्न भएको भएको जानकारी प्रहरी निरीक्षक ईश्वर लौडारीले दिएका छन्। कार्यक्रममा आंखा अस्पतालका डाक्टरहरु , उद्योग वाणिज्य संघ कृष्णानगरका बरिष्ठ उपाध्यक्ष नसरूल्ला खां लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...