बाराको सिमरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • असोज २५, २०८२
  • ५९५ पटक पढिएको
  • कृष्ण यादव
alt

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा आज (शनिबार) निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो। शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, न्युरो सर्जन डा. सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन ) neuro dr. सफरोज अनसरी ent dr फिरोज अनसरी र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिए। दिपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त निशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...