भूमि व्यवस्था ,सहकारी एवं गरिबी निवारण मन्त्री पद्मा अर्याल किसानको भूमि सम्बन्धि समस्या समाधान गर्न सर्लाहीमा ।

  • मंसिर २९, २०७६
  • १९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्वाददाता सर्लाही ,२९ मंसिर ।केपी ओली नेतृत्व सरकारका लोकप्रिय मन्त्री मानिएकी भूमि व्यवस्था, सहकारी एवं गरीबी निवारण मन्त्री पद्मा अर्याल आज(आइतवार) सर्लाही आउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य समेत रहनु भएकी मन्त्री अर्याल नेकपा सर्लाहीले बरहथवामा आयोजना गरेको सर्लाहीमा भूमि सम्बन्धी समस्या र तिनका समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आउनु भएको नेकपा सर्लाहीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा सनिवार सर्लाहीको हरिवनमा बसेको जिल्ला कमिटीको बैठकले मन्त्री अर्यालले सम्बोधन गर्ने कार्यक्रम भव्य रुपमा सफल बनाउने निर्णय गरेको जनाइएको छ ।जिल्ला अध्यक्ष रेवती पन्तद्धारा हस्ताक्षरित विज्ञप्ती अनुसार कार्यक्रम आईतवार विहान ११ बजे बरहथवा नगरपालिका वडा न-५ मा रहेको उद्योग वाणिज्य संघ बरहथवाको सभाहलमा हुने छ ।उक्त कार्यक्रममा जिल्लामा रहेका भूमि सम्बन्धी समस्याहरुका विषयमा वृहत छलफल हुने साथै सोही अवसरमा मन्त्री अर्यालले केही दिन अघि सर्लाहीको हजरियामा वर्षौंदेखि भोगचलन गर्दै आएको किसानको जग्गा अनाधिकृत रुपमा स्वामित्व परिवर्तन भएको लिखित रुपमा घोषणा समेत गर्ने पार्टीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
 
 
 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...