बिष्णुपुरमा चार दर्जनभन्दा बढी स्थलमा लोकआस्थाको पर्व छठ भोलि एकसाथ हुँदै

  • कार्तिक ९, २०८२
  • ८०४ पटक पढिएको
  • राम पुकार यादव
alt

बिष्णुपुरमा चार दर्जनभन्दा बढी स्थलमा लोकआस्थाको पर्व छठ भोलि एकसाथ हुँदै सिरहा । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिकाभर भोलि लोकआस्था, विश्वास र आत्मशुद्धिको प्रतीक पर्व छठ पूजा भव्य रूपमा मनाइने तयारी पूरा भएको छ । गाउँपालिकाभरका चार दर्जनभन्दा बढी पोखरी, कुवा, नदी र नहरहरूमा एकै साथ छठको मुख्य अर्घ्य अर्पण गर्ने तयारी भइरहेको छ । छठ पर्व सूर्यदेवको उपासना, जल र प्रकृतिप्रतिको आस्था तथा मानव र प्रकृतिको सह–अस्तित्वमा आधारित पर्व हो । यो पर्व कार्तिक शुक्ल पक्षको चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । यस वर्ष छठ पर्व कार्तिक ९ गतेदेखि सुरु भई भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सम्पन्न हुनेछ । बिष्णुपुर गाउँपालिकाका सबै वडामा रहेका पोखरी, कुवा, नहर र शाखानालाहरूमा सरसफाइ तथा सजावट तीव्र गतिमा भइरहेको छ । स्थानीय युवा समूह, छठ समितिहरू र स्वयंसेवकहरूले हरेक स्थलमा सरसफाइ अभियान सञ्चालन गरी भक्तजनका लागि सहज वातावरण तयार पारिरहेका छन् । विशेषगरी वडा नं. १ का मुलनहर, बडकी पोखरी, रामदेव डक्टरबला पोखरी, महाबिर जुगत, श्याम र ओलारबला पोखरी, खोरिया र गौरिपुरका मुलनहर पोखरीहरू; वडा नं. २ का गिदरमारी, सुडिबला, राजपुर पोखरी, सुखठोर शाखा र शाइफल नजिकका नहरहरू; वडा नं. ३ का बडकी पोखरी, प्रधानबला पोखरी, सुखठोर शाखा र कटनिया; वडा नं. ४ का हरि, शिवराजी, पगहिया, बिरजा, राम औतारबला र दुर्गा पोखरी, सुन्दरपुर नदी, करहरबा पोखरी र सुखठोर शाखा; त्यस्तै वडा नं. ५ का लक्ष्मीपुर कुटी नहर, माझी पोखरी, देबनारायण पोखरी, कपिल घर जन्जिकको पोखरी, मनोज, पशुपति, महिन्द्र, इन्स्पेक्टरबला पोखरी र शाखा नहर, कुवा लगायतका करिब चार दर्जनभन्दा बढी स्थलहरूमा छठ पर्व धुमधामका साथ मनाइनेछ । सिरहा र सम्पूर्ण तराई–मधेस क्षेत्रमा लोकआस्थाको यो पर्व धुमधामका साथ मनाइँदै आएको छ । यस क्रममा सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको स्थानीय प्रहरी कार्यालयहरूले जनाएका छन् । भक्तजनहरूले आज साँझ “नहाय–खाय” विधिबाट छठ पर्वको सुरुवात गरेका छन् । भोलि साँझ अस्ताउँदो सूर्यलाई र पर्सि बिहान उदाउँदो सूर्यलाई दूध, गंगाजल, फलफूल, ठेकुआ, भुसवा लगायतका प्राकृतिक उपज तथा आरतीका सामग्रीसहित अर्घ्य अर्पण गर्ने परम्परा रहिआएको छ । विशेषगरी महिलाहरूले चार दिनसम्म निर्जल व्रत बसेर सूर्यदेव र छठी मइयाको आराधना गर्ने चलन रहँदै आएको छ । पर्वलाई शान्तिपूर्ण र सुसंस्कृत रूपमा मनाउन सबै वडामा औपचारिक माइकिङ वा सचेतना कार्यक्रम नचलाइए पनि स्थानीय युवा, स्वयंसेवक, बुद्धिजीवी र समाजसेवीहरूले “हामी आफैं सचेत भएर पर्वलाई शान्तिपूर्ण रूपमा मनाऔं” भन्ने सन्देश दिएका छन् । छठ पर्वले सामाजिक समरसता, धार्मिक सहिष्णुता र प्रकृतिप्रतिको सम्मानको सन्देश दिन्छ । सामाजिक एकता, आस्था, अनुष्ठान र पवित्रताको प्रतीक यो पर्व राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा पनि विगत धेरै वर्षदेखि भव्य रूपमा मनाइँदै आएको छ । भोलि साँझ सूर्य अस्ताउँदो बेला बिष्णुपुर गाउँपालिकाभरका चार दर्जनभन्दा बढी घाटहरूमा हजारौँ व्रतालुहरू एकै साथ सूर्यदेवलाई अर्घ्य अर्पण गर्नेछन्, जसले सम्पूर्ण गाउँपालिका उज्यालो, दीप र श्रद्धामय वातावरणले झलमलाउनेछ ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...