बर्दियामा धानखेतमा शिक्षक–विद्यार्थी: बबई शिशु माध्यमिक विद्यालयको ‘पढ्दै कमाउँदै’ कार्यक्रम

  • कार्तिक २४, २०८२
  • २३० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकास्थित बबई शिशु माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयमै धान खेती गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको संयुक्त पहलमा गरिएको यो नवप्रर्वतनात्मक कार्यले शिक्षासँगै व्यावहारिक सीप र आत्मनिर्भरता सिक्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार विद्यार्थीहरूले खेतीको सम्पूर्ण प्रक्रियामा — बिउ छर्ने, रोपाइँ, निराइ–गुड़ाइदेखि काट्ने र झार्ने कार्यसम्म — प्रत्यक्ष सहभागिता जनाएका छन् । यसले विद्यार्थीहरूमा श्रमको सम्मान, कृषि सीप र समूहमा काम गर्ने संस्कार विकासमा मद्दत पुगेको बताइएको छ । यस कार्यक्रमले विद्यार्थीहरूमा जिम्मेवारीबोध र उत्पादनशील सोच जागृत गरेको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उत्पादित धान विद्यालयको मध्याह्न भोजन कार्यक्रम र अन्य शैक्षिक गतिविधिमा उपयोग गरिने बताइएको छ । सामाजिक र शैक्षिक क्षेत्रमा उदाहरणीय मानिएको यो पहलले अन्य विद्यालयहरूका लागि पनि प्रेरणादायी नमूना प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...