वृद्ध महिलालाई हत्या गरी गरगहना लुटपाट गर्ने महिला पक्राउ

  • कार्तिक २६, २०८२
  • ३९६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 जनकपुरधाम, कात्तिक २६ धनुषा । धनुषाको हंसपुर नगरपालिका-७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे हंसपुर-७, नुवाखोर टोल बस्ने विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र ईलाका प्रहरी कार्यालय सुगानिकास समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। अनुसन्धानका क्रममा सोही टोल बस्ने ४५ वर्षीया पवित्री देवी मण्डलले कर्तव्य गरी मृतकको गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकी मण्डलको साथबाट मृतकको लुटिएका गरगहनाहरू २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा बरामद गरिएको छ। साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...