लागुऔषध नियन्त्रणको विषयमा जनचेतनामूलक कार्यक्रम

  • मंसिर २९, २०७६
  • २०७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्वाददाता सर्लाही,२९ मंसिर ।
लागुऔषध नियन्त्रण तथा स्वास्थ्य जीवन भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सँगको संयुक्त आयोजनामा स्थानीय ज्वाइन आवर हैण्डस नामक संस्थाले सर्लाहीको सदरमुकाम मलंगवामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
ज्वाइन आवर हैण्डका अध्यक्ष राजेश पंडितको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले लागुऔषध नियन्त्रण र समाज परिवर्तनमा युवाहरुको योगदान महत्त्वपूर्ण हुने बताउनुभएको छ ।नागरिक समाजका अगुवा डा.अब्दुर रहिम मिकरानी,सगरमाथा आधारभूत विद्यालय मलंगवाका प्राधानाध्यापक तिलक क्षेत्री लगायत आयोजक संस्थाका सकृय सदस्य एवं युवा समाजसेवी बालमुकुन्द साह,कोमल साह,अम्रिता शर्मा,गोविन्द यादव,विजय यादव,प्रिया शर्मा ,सगरमाथा विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।सो कार्यक्रमा लागुऔषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक लघु नाटक समेत मञ्चन गरिएको संस्थाका उपाध्यक्ष बालमुकुन्द साहले जानकारी दिएको छ ।
वडा न-१० स्थित सगरमाथा आधारभूत विद्यालयको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको संचालन सुजित चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...