सर्लाहीमा कांग्रेस प्रवेशको लहर दर्जनौं कांग्रेस प्रवेश

  • मंसिर ९, २०८२
  • ७३८ पटक पढिएको
  • राम शरन यादव
alt

 मंसिर ९  गते  सर्लाही — सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटामा विभिन्न राजनीतिक दल छोडी ५० जना स्थानीयवासीले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार विशेष कार्यक्रमका बीच नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेशका पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले नवप्रवेशीलाई अबिर, टीका र माला लगाई गौरवपूर्ण स्वागत गर्नु भयो। कांग्रेसमा प्रवेश गर्नेहरूमा बिकाउ महतो, धर्मेन्द्र गुप्ता, गौरीशंकर केसरी, सिवालक केसरी, रामप्रवेश गुप्ता (लोसपा) तथा भदै दास (बहुजन एकता पार्टी) लगायतका व्यक्ति प्रमुख छन्। उनीहरूसहित सिसौटाका बझौं स्थानीयवासीले कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीमा प्रवेश गरेको जनाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले नवप्रवेशीहरूलाई धन्यवाद दिँदै भन्नुभयो, “कांग्रेस लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र विकासको मार्ग हो। तपाईँहरूको आगमनले संगठन अझै सबल र जनमुखी बन्छ।” नेता सिंहले आगामी दिनमा गाउँपालिकादेखि प्रदेशसम्म जनताको रोजाइका कार्यक्रम र सुशासनमुखी राजनीतिमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। स्थानीय स्तरमा आयोजित प्रवेश कार्यक्रमले सिसौटामा नेपाली कांग्रेसको पकड थप मजबुत बनेको पार्टी मधेश प्रदेशका सूचना सञ्चार प्रचार प्रसारका सचिव निकेश त्रिपाठीले बताए।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...