प्रधानमन्त्री कार्कीको मुस्लिम बिरोधी अभिव्यक्तिप्रति आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीको आपती

  • मंसिर ११, २०८२
  • ५९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं, ११ मंसिर । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीले मुस्लिम महिलाका बिरुद्धमा प्रधाानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिको कडा रुपमा आपती जनाउदै फिर्ता लिन माग गरेका छन् । राजधानीमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै आम मुस्लिम मोर्चाका अध्यक्ष मंसुरीले प्रधान न्यायाधीश भइसकेको र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एक महिलाले मुस्लिम महिलाको बिरुद्धमा दिएको अभिव्यक्ति आपतीजनक भएको र उनले फिर्ता लिनुपर्ने बताए । गत ९ मंसिरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले ‘मुसलमानहरूको प्रवृत्ति–व्यवहार हेर्दा यति अन्यायपूर्ण देखिन्छ–जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ । कतिमा उद्धार पनि छ,’ भनेकी छन् । पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्, महिलाहरू सम्पत्तिमा बलिया । हिन्दु धर्ममा पनि त्यही भन्छ । पहिले एकदमै आजादी रहेको कार्कीले भनेकी थिइन् ।। प्रधानमन्त्री कार्कीले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्तिको अहिले सबैले आलोचना गरिरकेका छन् । लैंगिक हिंसा विरुद्धको अभियान सुरु गर्ने क्रममा व्यक्त धारणा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको भएको मुस्लिम मोर्चाका अध्यक्ष मंसुरीको आरोप छ । आजपा सचिवालय सदस्य समेत रहेका मोर्चाका अध्यक्ष मंसुरीले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले सामाजिक सदभाव खल्बल्याउने भएकाले यसको म भत्र्सना गर्दै फिर्ता लिन अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...