प्रधानमन्त्री कार्कीको अभिव्यक्ति फिर्ता लिन नेता सिद्धिकीको आग्रह

  • मंसिर १२, २०८२
  • ५०२ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रधानमन्त्री कार्कीले हालै दिएको अभिव्यक्ति—जसमा उनले केही मुस्लिम देशहरूमा महिलालाई जिउँदै पुरिने, तान्ने, शिक्षा र स्वतन्त्रता नदिने जस्ता टिप्पणीहरू गरेका थिए। यश प्रति तीव्र आपत्ति जनाउँदै नेता महम्मद खालिद सिद्धिकीले उक्त अभिव्यक्तिलाई तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट कुनै पनि समुदाय, धर्म वा संस्कृतिलाई एकैठाँउमा राखेर दोषारोपण गर्ने शैली स्वीकार्य नभएको उल्लेख गर्दै यस्तो अभिव्यक्ति नेपालको बहुजातीय, बहुधार्मिक र सांस्कृतिक सद्भावपूर्ण समाजलाई कमजोर पार्ने चेतावनी दिएका छन् । सिद्धिकीका अनुसार प्रधानमन्त्रीका शब्दहरूले मुस्लिम समुदायको भावना मात्र आहत भएको छैन, राज्यको आधिकारिक तहबाट एकपक्षीय धारणा प्रकट हुँदा समाजमा विभाजन र अविश्वास बढ्ने खतरा समेत बढेको छ । उनले नेपालको संविधानले सबै धर्म र समुदायको सम्मान र समानतामा आधारित राष्ट्र निर्माणको मार्ग देखाएको स्मरण गराउँदै, प्रधानमन्त्रीले मुस्लिम समुदायलाई नकारात्मक रूपमा चित्रण गरी संविधानको भावनाविपरीत काम गएको आरोप लगाए । नेता सिद्धिकीले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा खेद प्रकट गर्न, असन्तुष्ट समुदायसँग संवाद बढाउन र भविष्यमा यस प्रकारका पूर्वाग्रहपूर्ण र आधारहीन अभिव्यक्तिमाथि पूर्ण संयमता अपनाउन आग्रह गरे । उनका अनुसार विश्वका सबै धार्मिक, सांस्कृतिक र सामाजिक समूहमा सकारात्मक र नकारात्मक दुवै उदाहरणहरू पाइने भए पनि, कुनै एक समुदायलाई सामान्यीकरण गरी कठोर आरोप लगाइनु न त न्यायसंगत हुन्छ न त जिम्मेवार नेतृत्वको पहिचानसँग मेल खाँदछ । विहिवार सिरहाको रमौल स्थित नेपालका मुस्लिम धर्मगुरुहरुको संगठन जमियत उलमा ए नेपाल संस्था द्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तथा नेता मोहम्मद खालिद सिद्धकिले आफ्ना धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन, अतिरञ्जित र समुदायविशेषलाई विभेदपूर्ण ढंगले प्रस्तुत गर्ने प्रकारको छ, जसले अविश्वास मात्रै बढाउँछ, समाधान होइन बताए । सिद्धिकीले मुस्लिम समुदायले नेपालमा सदियौंदेखि शान्तिपूर्ण ढंगले सहअस्तित्व गर्दै आएको, राष्ट्रिय निर्माणमा योगदान पुर्‍याउँदै आएको र समान अधिकारका हकदार भएर बाँचिरहेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्रीको टिप्पणीले उनीहरूको पहिचान, अस्तित्व र सामाजिक सम्मानमा प्रत्यक्ष चोट गरेको बताएका छन् । उनले सरकारको जिम्मेवारी सबै समुदायलाई समेट्ने, सुन्ने र विश्वास दिलाउने हो भन्दै, यस्तो वक्तव्य सरकारले नै दूरी बढाउने तहमा पुगेको दुःखजनक संकेत भएको टिप्पणी गरे । नेता सिद्धिकीले प्रधानमन्त्रीको अभिव्यक्ति अमर्यादित, असंगत र संवैधानिक मूल्यमान्यता विपरीत भएको पुनः दोहोर्‍याउँदै, तत्काल फिर्ता लिएर सहिष्णु, विवेकशील र जिम्मेवार नेतृत्वको पहिचान पुनर्स्थापना गर्न उनलाई आग्रह गरेका छन् । उनले धार्मिक र सांस्कृतिक विविधतामा आधारित राष्ट्रिय एकता नेपालको शक्ति भएको बताउँदै, यस्ता अभिव्यक्तिले देशको अन्तर्राष्ट्रिय छवि समेत कमजोर पार्ने जोखिम रहेको चिन्ता व्यक्त गरे । अन्त्यमा, सिद्धिकीले सबै समुदायप्रति समान सम्मान र संवेदनशीलता अपनाउन आग्रह गर्दै, प्रधानमन्त्रीले आफ्नो टिप्पणी सच्याए मात्र राष्ट्रिय सद्भाव र राजनीतिक नैतिकताप्रतिको सम्मान कायम हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...