चिसो छल्न बिष्णुपुर गाउँपालिकाद्वारा दाउरा वितरण

  • पुस १५, २०८२
  • ५७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 तराई–मधेस क्षेत्रमा शितलहरको प्रभाव तीव्र बन्दै गएसँगै जनजीवन कष्टकर बन्दै गएको छ । लगातार बढ्दो चिसोका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा विपन्न वर्ग बढी प्रभावित भएपछि सिरहाका विभिन्न स्थानीय तहहरूले राहतका कार्यक्रमहरू अगाडि बढाएका छन् । यही सन्दर्भमा सिरहाको बिष्णुपुर गाउँपालिकाले पनि चिसो छल्न दाउरा वितरण कार्यक्रम सुरु गरेको छ । अत्यधिक चिसो बढेपछि स्थानीयवासीलाई न्यानोको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले पालिकाले वडा–वडाका विभिन्न सार्वजनिक स्थानहरूमा दाउरा वितरण तथा आगो बाल्ने व्यवस्था गरेको हो । गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवका अनुसार हाल देखिएको शितलहरले दैनिक मजदुरी गर्ने, खुला स्थानमा बसोबास गर्ने तथा विपन्न समुदायलाई बढी समस्या पारेको छ, त्यसैले तत्काल राहतस्वरूप दाउरा वितरण गरिएको हो । अध्यक्ष यादवले पालिका कार्यालय, वडा कार्यालय आसपास, चोकचौराहा, स्वास्थ्य संस्था नजिक तथा भीडभाड हुने सार्वजनिक स्थानहरूमा दाउरा उपलब्ध गराइ आगो बालेर न्यानो ताप्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार “पालिकाको सीमित स्रोतसाधनका बाबजुद पनि जनताको पीडालाई मध्यनजर गर्दै तत्काल चिसोबाट जोगाउने काम प्राथमिकतामा राखिएको छ, अहिलेको दाउरा वितरणले पनि पर्याप्त नभएको महसुस भए थप न्यानो वितरण तथा अन्य राहत सामग्री उपलब्ध गराउने योजना समेत बनाइएको बताइएकोछ । साथै पालिका अध्यक्ष यादवले शितलहरको समय आगो ताप्दा सावधानी अपनाउन र बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्न स्थानीयवासीलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...