सेवा प्रभावित नहोस् भन्दै सिरहा नगरपालिकामा कर्मचारीलाई थप जिम्मेवारी

  • पुस १५, २०८२
  • ४४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । सिरहा नगरपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेपछि नगरपालिकाबाट प्रवाह हुँदै आएको नियमित सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले कर्मचारीहरूको जिम्मेवारी पुनःव्यवस्थापन गरेको छ । नगर कार्यपालिकाको कार्यालयको निर्णयअनुसार कार्यालय अन्तर्गतका विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूलाई अतिरिक्त जिम्मेवारी तोक्दै कामकाजमा खटाइएको नगरपालिकाले सूचना जारी गरी जनाएको छ । जारी सूचनाअनुसार स्वास्थ्य, प्रशासन, योजना, प्राविधिक, लेखा, सामाजिक विकास, महिला विकास, राजश्व, लघुउद्यम, पञ्जीकरण, वडा कार्यालयलगायत विभिन्न शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत अधिकृत, सहायक, सब–इन्जिनियर, कम्प्युटर अपरेटर, वडा सचिवसहित झण्डै ७९ जना कर्मचारीलाई थप जिम्मेवारी दिइएको छ । यसैक्रममा पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई वडा नम्बर १८ को वडा सचिवको जिम्मेवारी तोकिएको छ भने निबर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. इदरिश राइनलाई स्वास्थ्यचौकी सुखचैना, सिरहा नगरपालिका–१५ को स्वास्थ्य संस्था प्रमुखको रूपमा कामकाजको जिम्मेवारी दिइएको छ । सेवा व्यवस्थापनमा देखिएको रिक्तता पूर्ति गर्न अनुभव र कार्यक्षमताका आधारमा जिम्मेवारी पुनःव्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । साथै, सूचना तथा प्रविधि शाखाबाट जिम्मेवारी सम्बन्धी पत्र प्राप्त गरी तोकिएको स्थानमा अनिवार्य रूपमा उपस्थित भई कामकाज गर्न नगरपालिकाले अनुरोध गर्दै खटाइएको स्थानमा कामकाज नगएमा नियमानुसार कारबाही हुने व्यहोरा समेत स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...