सिरहा क्षेत्र नं. ४ मा ३७ उम्मेदवार चुनावी मैदानमा, १ लाख ६ हजारभन्दा बढी मतदाता

  • माघ ६, २०८२
  • ५७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल ३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दलतर्फ नेपाली कांग्रेसबाट चन्द्रकला कुमारी यादव, नेपाली कम्युनिस्ट पार्टीबाट अजय शंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव, जनता समाजवादी पार्टीबाट राज किशोर यादव र जनमत पार्टीबाट विरेन्द्र प्रसाद महतो उम्मेदवार बनेका छन् । यसै क्षेत्रबाट गत निर्वाचनमा जनता समाजवादी पार्टीका विरेन्द्र प्रसाद महतो विजयी भएका थिए । कुल उम्मेदवारमध्ये २३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने अन्य स्वतन्त्र १४ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन् । यस निर्वाचन क्षेत्रमा जम्मा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन्, जसमा ५६ हजार ७ सय १७ पुरुष र ४९ हजार ९ सय ६९ महिला मतदाता छन् । निर्वाचनका लागि यस क्षेत्रमा ६० मतदान स्थल र १ सय २९ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...