चन्द्रकला कुमारी यादवद्वारा आफ्नै गाउँमा गाउँ भेला सम्पन्न

  • माघ १०, २०८२
  • २८५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नम्बर–४ की उम्मेदवार चन्द्रकला कुमारी यादवले शनिबार आफ्नै गाउँमा गाउँ भेला आयोजना गरेकी छन्। भेलामा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। भेलालाई सम्बोधन गर्दै यादवले आफू यही क्षेत्रमै जन्मे–हुर्केको व्यक्ति भएकाले स्थानीय आवश्यकता, समस्या र सम्भावनाबारे जानकार रहेको बताइन्। उनले क्षेत्रको समग्र विकास, सामाजिक रूपान्तरण र जनताको जीवनस्तर उकास्न दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखिन्। उनले सिरहा–४ का ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारका क्षेत्रमा देखिएका समस्याबारे चर्चा गर्दै ती विषयमा अध्ययन र छलफल आवश्यक रहेको बताइन्। शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर, शिक्षक व्यवस्थापन र प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको उनको भनाइ थियो। स्वास्थ्य सेवाका सन्दर्भमा आधारभूत सेवा गाउँमै उपलब्ध गराउने विषयमा समेत उनले धारणा राखिन्। कृषि क्षेत्रलाई व्यवस्थित बनाउँदै सिँचाइ, मल, बीउ र बजार पहुँचका विषयमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै युवालाई सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन्। साथै सामाजिक बेथिति, विसंगति र भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष सचेत हुनुपर्ने बताइन्। भेलामा उपस्थित स्थानीय बासिन्दाले सडक, खानेपानी, सिँचाइ, विद्यालय, स्वास्थ्य चौकी र रोजगारीसँग सम्बन्धित आफ्ना सुझाव तथा गुनासा राखेका थिए। यादवले ती सुझावहरूलाई आगामी कार्ययोजना तयार गर्दा ध्यानमा राखिने बताइन्।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...