राष्ट्रिय अध्यक्ष श्रृषि धमलाद्वारा रिपोर्टस क्लव नेपाल सर्लाही शाखाको साक्षातकार कक्षको उद्घाटन/ सय किलोको माला पहिर्याएर धमलालाई सर्लाहीमा सम्मान

  • मंसिर २९, २०७६
  • २२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मनोज यादव सर्लाही ,२९ मंसिर । सम्विधान संशोधन नभएसम्म मधेस र मधेसीको अधिकार सुनिश्चित नहुने रिपोर्टस क्लब नेपालका राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ पत्रकार श्रृषि धमलाले बताउनु भएको छ ।रिपोर्टस क्लव नेपाल शाखा सर्लाहीले आज(आइतवार)सदरमुकाम मलंगवामा आयोजना गरेको साक्षातकार कक्षको पुनः उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । क्लवका जिल्ला अध्यक्ष अनवर अहमदको सभापतित्वमा मलंगवा वडा न-८ स्थित कुसुम पार्टी पैलेसमा आयोजित एक कार्यक्रमका बिच साक्षातकार कक्षको पुनः उद्घाटन गर्दै प्रमुख अतिथि धमलाले सर्लाही शाखाले गरेको कामको प्रसंसा गर्नुभएको छ । यस शाखाको उन्नतिको लागि आफुले हरपल सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने उहाँले प्रतिवद्धता व्यक्त गर्नभयो । काठमाडौंबाट सोझै हेलिकप्टरमा जिल्ला समन्वय समितिको तिनबिघे मैदानमा उत्रिनु भएका धमलालाई सगरमाथा आधारभूत विद्यालय मलंगवाका विद्यार्थी,स्थानीयबासी तथा स्थानीय पत्रकारहरुले फुलमाला र खाँदा ओढाएर भब्य स्वागत गरेका थिए ।उहाँको स्वागतमा स्थानीय मैथिली गायक सन्तोष कर्णले स्वागत गीत प्रस्तुत गरेका थिए । मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साह र रिपोर्टस क्लव नेपाल प्रदेश २ का संयोजक बख्तियार अलीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उद्घाटन कार्यक्रमका संयोजक राजेश कुशवाहाले राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ पत्रकार धमलालाई एकसय किलोको फुलको माला पहिर्याएर सम्मानित गरिएको कार्यक्रमका संचालक मानवअधिकारकर्मी मुकेश कुमार मिश्रले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...