युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने- कांग्रेस नेता चन्द्र भण्डारी

  • फागुन २६, २०८२
  • १६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौंः नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा दिने भन्दा महाधिवेशनमा चाँडो जाने विषयमा निर्णय गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भण्डारीले अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हुनेभन्दै सभापति थापालाई सुझाव दिएका छन्।

उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताएका छन्। यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ।

भण्डारीले भनेका छन्– ‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ।’

समस्या देखेर भाग्ने भन्दा उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएकाले नेपाली कांग्रेसलाई बचाउने लडाइँ आजपनि सम्भव भएको तर इच्छाशक्ति र साहस जरुरी रहेको बताएका छन्।- थाहाखबर बाट

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...