सिरहामा ११ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई जना पक्राउ

  • चैत १०, २०८२
  • ५५९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिकाबाट ११ ग्राम २५० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले गोलबजार-४ स्थित पूर्व–पश्चिम लोकमार्गबाट २५ वर्षीय अनिल चौधरीलाई १ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको थियो। चौधरीसँगको प्रारम्भिक सोधपुछका क्रममा खुलेको तथ्यका आधारमा ३३ वर्षीय बलीराम महतोको घरमा छापा मार्दा थप १०.२५० ग्राम खैरो हिरोइन, २० हजार ३१० रुपैयाँ नगद, एक थान मोबाइल र अन्य सामग्री फेला परेको हो। सूचना अधिकारी रमेश बहादुर पालका अनुसार पक्राउ परेका दुवै अभियुक्तलाई हिरासतमा राखी लागूऔषध ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

कुस्तीको अखाडादेखि स ...

सिरहा ।  गाउँको माटोसँग जोडिएको सम्बन्ध, समाजसँगको निरन्तर सामीप्यता र जनजीवनका गतिविधिमा देखिन ...

रंगीला देवी जयसवालको ...

 नेपाली कांग्रेसका सभापति गगन कुनार थापा आइतबार बिहान आफ्नै निर्वाचन क्षेत्र सर्लाही ४ पुगेर स् ...

कांग्रेस परित्याग गर ...

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवा नेता अरुण यादव नेपाली कांग्रेस परित्याग गरी राष्ट्र ...