२०७५ सालको एस ई ई परीक्षामा प्रदेशपिच्छै फरक प्रश्न

  • चैत २, २०७५
  • १२६ पटक पढिएको
  • प्रदिप सिंह महतो
alt

  लहान चैत ३ । सिरहामा यो वर्षदेखी एस ई ई परीक्षा कक्षा १०को प्रदेश प्रदेशमा फरक प्रश्न सोधने गरीएको हो । बितेको साल देशभरमा चार किसिमगरी प्रश्न सोधिएको थियो । यस बर्ष २०७५को एस ई ई परीक्षा नियन्त्रक विष्णु अधिकारीले साधारणतर्फको अनिवार्य छवटा विषयको प्रश्नपत्र प्रदेश अनुशार फरक प्रश्र्न बनाइएको जानकारी दिनुभयो छ। यो बर्षमा प्राविधिक सस्कृतिक सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र हुने छन । अाउदैगरको एस ईई परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागि हुने छन् । रेगुलर तर्फका चार लाख ५० हजार १८६ परीक्षार्थी विधार्थीहरु छन् । देशभरिमा एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएका छन ।२०७५ सालको एस ईन परीक्षा यही चैत १० देखि २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार सबैभन्दा बढी काठमाडौँमा ३७ हजार ५७६ परीक्षार्थी सहभागी हुने भएका छन् । सबैभन्दा बढी प्रदेश–३ मा एक लाख छ हजार दुई जना परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३५ हजार ६२४ परीक्षार्थी छन् । सबैभन्दा बढी परीक्षा केन्द्र प्रदेश–३ मा ४१९ वटा कायम गरिएको छ । यस वर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको पनिकाले जनाएको छ । परीक्षा नियन्त्रक अधिकारीले उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित जिल्लामा पठाउने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । हालै कर्मचारी समायोजन भएपछि एसईई परीक्षा प्रभावित हुने हो कि भनेर पनिकाका पदाधिकारी चिन्तित छन् । उहाँले समायोजन भएका कर्मचारी परीक्षा सकिनुअघि नै पत्र बुझिसक्ने भएकाले नयाँ जाने कर्मचारीका कारण परीक्षा व्यवस्थापनमा समस्या नपरोस् भनेर परीक्षा नसकिँदासम्म नयाँ कर्मचारीलाई खटनपटन नगर्न सरकारसँग आग्रह गरिएको बताए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...