बालश्रम तथा दुर्व्यवहार आरोपमा लुम्बिनीकी सांसद शर्मा पक्राउ

  • चैत १६, २०८२
  • १३२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं, चैत्र १६ गते । लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति करिब ११ बजे नियन्त्रणमा लिएको हो। एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप लागेको छ। प्रहरीले उनलाई पक्राउ गरी बालबालिकासम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

यो प्रकरण २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाको टोलीले गरेको सर्भेका क्रममा शर्माको घरबाट एक बालिकाको उद्धार भएपछि सार्वजनिक भएको थियो। उद्धार गरिएकी बालिकाले आफू निरन्तर हिंसामा परेको बताएपछि विषय चर्चामा आएको थियो। उक्त घटनाबारे जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भए पनि प्रारम्भमा मुद्दा नचलाउने राय तयार गरिएको थियो। तर, फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेपछि अनुसन्धानले नयाँ मोड लिएको हो।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...