दुई बाइक एक आपसमा ठोकिदा आगो लागेर तिनजना विद्यार्थीको मृत्यु

  • चैत २४, २०८२
  • २७० पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको छ। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। मंगलबार एकडारा गाउँपालिका–५ स्थित बखरी चोकबाट करिब २ सय मिटर उत्तरतर्फ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएपछि आगलागी भएको आशंका गरिएको छ। मोटरसाइकलमा सवार विद्यार्थीहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका–६ का सुभाष दास, सोही स्थानका रवि दास तथा एकडारा गाउँपालिका–३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन्। घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ धोबौलीका अजय कापर, सोही ठाउँका अभय कापर र एकडारा ५ बथनाहाका रोहित दास रहेका छन्। प्रहरीका अनुसार दुवै मोटरसाइकलमा तीन–तीन गरी ६ जना सवार थिए। घटनामा मृत्यु भएकाहरू एसईई परीक्षा दिई फर्किरहेका विद्यार्थी रहेको बुझिएको छ। दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार अजय कापरको प्रादेशिक अस्पताल जनकपुरधाम र बाँकी दुई जनाको जनकपुरधामकैरामजानकी हस्पिटलमा उपचार भइरहेको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...