भ्रामक सामग्री प्रसारण गरेको आरोपमा मनोज मानवविरुद्ध कारबाही माग

  • जेठ १, २०८३
  • १५७ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा — नेपाल पत्रकार महासंघ सिरहा शाखाले आफूलाई पत्रकार बताउने मनोज मानव भनिने मनोज कुमार महतोले पछिल्लो समय सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत पत्रकार, प्रहरी, जनप्रतिनिधि तथा विभिन्न व्यक्तिहरूमाथि एकपक्षीय, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशन तथा प्रसारण गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघ शाखाका अध्यक्ष मनोज बनैता यादव र सचिव मुकेश कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मनोज मानवले पत्रकारिताको आधारभूत मूल्य–मान्यता, आचारसंहिता तथा पेशागत मर्यादालाई बेवास्ता गर्दै Video तथा Reels मार्फत नियोजित ढंगले व्यक्तिको सामाजिक प्रतिष्ठा र पेशागत जीवनमाथि आघात पुर्‍याउने काम गरिरहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा महासंघका पूर्व अध्यक्ष देवकुमार यादवमाथि लगाइएको यौन शोषणसम्बन्धी आरोपको सन्दर्भ उल्लेख गर्दै, यदि कसैले कानुन विपरीत काम गरेको भए कानुनी प्रक्रियामार्फत कारबाही हुनुपर्ने बताइएको छ। तर पत्रकारिताको नाममा एकपक्षीय सामग्री तयार पारेर भ्रम सिर्जना गर्ने, व्यक्तिको निजी जीवन र पारिवारिक सम्बन्धमाथि असर पर्ने गरी सामग्री सार्वजनिक गर्नु पत्रकारिता नभएको महासंघको ठहर छ। महासंघले पछिल्लो समय मनोज मानवले फेसबुक पेज “Staronline” तथा “Manoj Manav” मार्फत प्रसारण गरेका सामग्रीहरू तथ्यगत पुष्टि तथा सन्तुलनबिनाका रहेको आरोप लगाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रेस काउन्सिल नेपाल ले समेत मिति २०८३/०१/३१ मा गरेको निर्णयमार्फत Staronlinetv.com लाई अवज्ञाकारी/कालोसूचीमा राखी सूचीकरणबाट हटाउन तथा प्रेस पास निलम्बनका लागि सिफारिस गरेको जनाएको छ। महासंघले मनोज मानवका गतिविधिले जिल्लाको समग्र सामाजिक तथा सञ्चार क्षेत्र त्रसित र आतंकित बनेको दाबी गर्दै, पत्रकारिताको आवरणमा गरिएको गैरव्यवसायिक हर्कतविरुद्ध अब कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ। साथै तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...