सुराकी दिनेलाई सरकारले १५ देखि ३० प्रतिशतसम्म पुरस्कार दिने

  • जेठ ३, २०८३
  • १३१ पटक पढिएको
  • pradesh times
alt

काठमाडौं । सरकारले सुराकीलाई दिइँदै आएको पुरस्कारको रकममा वृद्धि गरेको छ । भन्सार नियमावली, २०८३ जारी गर्दै सरकारले सुराकीलाई दिँदै आएको १० प्रतिशतबाट बढाएर १५ प्रतिशत रकम दिने व्यवस्था गरेको हो । चोरी निकासी तथा राजश्व छली नियन्त्रण गर्ने उद्देश्यले सरकारले सूचना दिनेलाई पुरस्कार दिँदै आएको छ । यसअघि १० प्रतिशतको रकमलाई बढाएर १५ प्रतिशत दिने गरी भन्सार नियमावली, २०८३ लागु गरेको हो । नियमावलीको परिच्छेद–२१ अन्तर्गत दफा ११३ संशोधन गरी यस सम्बन्धी व्यवस्था लागु गरेको हो । नयाँ व्यवस्थाअनुसार अब चोरी निकासी वा चोरी पैठारी गर्न लागेको वा भइसकेको सम्बन्धमा विश्वसनीय सूचना दिने सुराकीलाई बरामद वा लिलामबाट प्राप्त रकमको १५ प्रतिशत पुरस्कार दिइनेछ । साथै, चोरी निकासी वा चोरी पैठारी हुन लागेको वस्तु मात्र नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पेस गर्ने व्यक्तिलाई २० प्रतिशत तथा चोरी निकासी वा चौरी पैठारी वस्तुसहित सम्बन्धित व्यक्ति पनि नियन्त्रणमा लिएर बुझाउनेलाई ३० प्रतिशत पुरस्कार दिने व्यवस्था नयाँ नियमावलीले गरेको छ । sutra news

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...