सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण कार्यका लागि सम्झौता सम्पन्न

  • जेठ ८, २०८३
  • २९८ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन्धी कार्यका लागि सम्झौता सम्पन्न भएको छ। आज क्याम्पसका क्याम्पस प्रमुख सहायक प्राध्यापक राजेश्वरप्रसाद यादव र दृष्टि निर्माण सेवा, ललितपुरका प्रोपराइटर महेन्द्र निमिलसिनाबीच सम्झौता भएको हो। गोरखापत्रमा प्रकाशित ई–बिडिङ (E-bidding) प्रक्रिया अनुसार क्याम्पसको मूल भवनमा देखिएको सिपेज समस्या समाधान, टहरा निर्माण तथा भुईंतलाको पछाडिको भागमा प्लास्टर गर्ने कार्यका लागि सम्झौता सम्पन्न गरिएको जनाइएको छ। सम्झौतासँगै अब निर्माण तथा मर्मतका कार्यहरू निर्धारित प्रक्रिया अनुसार अगाडि बढाइने क्याम्पस स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...