सिरहामा एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट

  • जेठ २१, २०८३
  • ३०७ पटक पढिएको
  • राम पुकार यादव
alt

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एसएलसीई परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका विभिन्न कम्पनीका ४९६ थान मोबाइल फोन सरोकारवाला निकायहरूको रोहबरमा नष्ट गरिएको छ। परीक्षाको मर्यादा कायम राख्ने उद्देश्यले जफत गरिएका मोबाइलहरू सम्बन्धित निकाय, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा फुटाएर नष्ट गरिएको हो। नष्ट गरिएका मोबाइलहरू पुनः प्रयोग हुन नसकून् भन्ने उद्देश्यले फुटाइसकेपछि पानी भरिएको ड्रममा २४ घण्टाका लागि डुबाएर राखिएको जनाइएको छ। सम्बन्धित कर्मचारी तथा पदाधिकारीहरूले परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र अनुशासित बनाउन नियमविपरीत प्रयोग गरिएका सामग्रीमाथि कडाइ गरिएको बताएका छन्। साथै आगामी परीक्षाहरूमा पनि परीक्षा केन्द्रभित्र मोबाइल तथा अन्य विद्युतीय उपकरण लैजान नदिने नीति कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिएका छन्। परीक्षाको निष्पक्षता र विश्वसनीयता कायम राख्न जफत गरिएका सामग्रीहरू कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको सम्बन्धित निकाय जिल्ला शिक्षा समन्वय समिती सहायक अधिकारी राजदेव यादव र जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी सुनिल प्रसाद चौरसियाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...