‘सुशासन जागरण अभियान’ भव्य रूपमा सम्पन्न, भ्रष्टाचारविरुद्ध नागरिक सचेतनामा जोड

  • जेठ २७, २०८३
  • ११ पटक पढिएको
  • राम पुकार यादव
alt

 रौतहट, चन्द्रनिगाहपुर। जिल्लाभर योजना तर्जुमा र बजेट विनियोजनका क्रममा रकम लेनदेन भइरहेको भन्ने चर्चा चुलिरहेका बेला रौतहटको चन्द्रनिगाहपुरमा “सत्कर्म नागरिकको वरदान, सुशासन जागरण अभियान” नारासहित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नागरिक तहमा बढ्दो निराशालाई मध्यनजर गर्दै सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जन्मोत्सव पार्कबाट प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालय प्रमुख ठाकुरप्रसाद आचार्य, महालेखा मधेश प्रदेश कार्यालय प्रमुख जितेन्द्र घिमिरे तथा रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले संयुक्त रूपमा सुशासन साइकल र्‍यालीको शुभारम्भ गरेका थिए। “सत्कर्म नागरिकको वरदान, सुशासन जागरण अभियान” लेखिएको ट्र्याकसुट लगाएका करिब ४० जना युवाको सहभागिता रहेको र्‍याली जन्मोत्सव पार्कबाट सुरु भई चन्द्रनिगाहपुरस्थित कार्यक्रमस्थलसम्म पुगेको थियो। र्‍यालीमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा अन्य उच्च अधिकारीहरूले युवाहरूसँगै सहभागी भई अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। र्‍यालीपछि चन्द्रनिगाहपुरस्थित गोल्डेन बैंक्वेटमा आयोजित कार्यक्रममा जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका अनुसन्धान प्रमुख प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठ र महालेखा कार्यालयका प्रमुख घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै सहभागीहरूलाई कानुनअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अख्तियार हेटौंडा कार्यालय प्रमुख ठाकुरप्रसाद आचार्यले स्रोत सुनिश्चितता नभई निःशुल्क बिजुली, साडी तथा ग्यास वितरणजस्ता लोकप्रिय कार्यक्रम घोषणा गरेर मत बैंक बनाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गरे। यस्ता कार्य जबर्जस्ती गरिए कानुनले आफ्नो काम गर्ने स्पष्ट चेतावनीसमेत उनले दिए। त्यस्तै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शक्ति र पद स्थायी नहुने भएकाले कानुनविपरीत काम नगर्न सबैलाई आग्रह गरे। उनले खेतीपातीको समय सुरु भइसकेकाले किसानलाई मल–बिउ सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए। तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आफूहरूले भोग्नुपरेका दबाब, प्रभाव तथा विभिन्न गुनासासमेत खुलस्त रूपमा राखेका थिए। कार्यक्रमका अवसरमा शिक्षा तथा सामाजिक जागरणमा योगदान पुर्‍याएका बलराम चौलागाईं, आनन्द चौधरी, अमृत केसी, कुलबहादुर थापा, विवेक चौधरी, भीमबहादुर विश्वकर्मा र प्रभु पटेललगायत व्यक्तित्वहरूलाई प्रमुख जिल्ला अधिकारी भुसाल र प्रहरी उपरीक्षक रिजालले सम्मान गरेका थिए। यसैबीच, चन्द्रनिगाहपुर राइडर्स क्लबका १३ सदस्यीय टोलीको नेतृत्व गर्दै डा. सुभास चौधरीले अभियानप्रति ऐक्यबद्धता जनाउँदै आगामी जन्मदिनमा वृक्षरोपण गरेर अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। जन्मोत्सव पार्क संरक्षण समितिको आयोजनामा सम्पन्न साइकल र्‍यालीमा सहभागी युवाहरूले भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउन सक्रिय भूमिका निर्वाह गरेका थिए। अगाडि साइकल र पछाडि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली रहेको र्‍यालीले नागरिकलाई सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा थप प्रेरित गरेको सहभागीहरूको भनाइ थियो। कार्यक्रम आयोजकले अभियान सफल बनाउन बिहानदेखि साँझसम्म सहयोग र सहभागिता जनाउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम सञ्चालनका क्रममा भएका कमजोरीप्रति क्षमायाचनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

नारायणहिटी राजदरबार ...

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् ।  ...

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...