बिष्णुपुर गाउँपालिकाको अद्यावधिक बेरुजु ६० करोड नाघ्यो, महालेखाद्वारा ‘कैफियतसहितको राय’ जारी

  • साउन २२, २०८३
  • १२ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिराहा — महालेखापरीक्षकको कार्यालयले सिराहाको बिष्णुपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै पालिकाको वित्तीय अनुशासन र कानुन परिपालनाको अवस्था कमजोर रहेको औंल्याएको छ। महालेखापरीक्षक तोयम रायाद्वारा स्वीकृत प्रतिवेदन अनुसार पालिकाको कुल अद्यावधिक बेरुजु ६० करोड २५ लाख ६१ हजार रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाको रु. ५६ करोड ४८ लाख ५३ हजार बराबरको आम्दानी तथा खर्चको लेखापरीक्षण गर्दा प्रारम्भिक रूपमा रु. ३ करोड ८९ लाख ७० हजार बेरुजु देखिएको थियो। पालिकाले पेस गरेको प्रतिक्रिया पश्चात् रु. ६ लाख ९८ हजार फर्छ्यौट भए पनि अझै रु. ३ करोड ८२ लाख ७१ हजार बेरुजु बाँकी नै रहेको छ।

बाँकी बेरुजुमध्ये रु. ९७ लाख ४३ हजार असुल गर्नुपर्ने, रु. २ करोड ३० लाख ५ हजार प्रमाण कागजात पेस गर्नुपर्ने, रु. ३७ लाख ३३ हजार नियमित गर्नुपर्ने र रु. १७ लाख ९० हजार पेस्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। गत वर्षसम्मको बाँकी बेरुजु रु. ५६ करोड ४४ लाख ३६ हजार रहेकोमा यस वर्ष जम्मा रु. १ लाख ४७ हजार मात्र फर्छ्यौट हुन सकेको छ।

वित्तीय विवरणमा अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोष लगायतका कारोबारहरू समावेश नगरेको र सम्पत्ति तथा दायित्वको यकिन स्थिति नखुलाएकाले महालेखापरीक्षकको कार्यालयले पालिकालाई ‘कैफियत सहितको राय (Qualified Opinion)’ दिएको छ।

प्रतिवेदनले औंल्याएका मुख्य समस्याहरू:

  • बजेट अनुशासनहीनता: आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा अत्यधिक खर्च गर्ने प्रवृत्ति कायम रहेको।

  • गैरकानुनी नियुक्ति: स्वीकृत दरबन्दी बाहिरका कर्मचारीहरूलाई करारमा नियुक्ति गरिएको र जनशक्ति व्यवस्थापन भद्रगोल रहेको।

  • नियमविपरित कार्य: जटिल प्रकृतिका निर्माण कार्यहरू समेत उपभोक्ता समिति मार्फत गराइएको र आयोजनाहरू खण्डीकरण गरिएको।

  • पारदर्शिताको कमी: विद्यालयहरूलाई वितरण गरिएको शैक्षिक अनुदान, ओजेटी (OJT) रकम र बुक कर्नर कार्यक्रमको बजेट निकासामा पर्याप्त प्रमाण कागजात पेस नभएको र अनुगमनसमेत नभएको।

विकास निर्माण तथा सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन वित्तीय अनुशासन कायम गर्दै बेरुजु असुली र फर्छ्यौटमा तत्काल सुधार गर्न महालेखापरीक्षकको कार्यालयले पालिकालाई सुझाव दिएको छ। नोट यो समाचार  विष्मणुपुर गपाको लागि म हालेखा परीक्षकको कार्यालय द्वारा जारी गरिएको प्रतिबेदनको आधारमा  प्रदेश टाइम्स दैनिकले तयार  पारिएको हो 

प्रतिक्रिया दिनुहोस

सिरहामा ५३ किलोभन्दा ...

प्रदेश टाइम्स २२ /सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमरा गाउँबाट ५३ किलो ४ सय ६५ ग्राम गाँजा बर ...

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...