विष्णुपुरमा ५५ वर्षीय रामेश्वर महराको मृत्यु, गाउँघरमै खुलेआम मदिरा बिक्रीप्रति स्थानीयको चिन्ता

  • साउन २४, २०८३
  • ११९४ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालिका–२ सुरिपोखरीमा मृत्यु भएको छ। स्थानीयका अनुसार महरा विगत करिब पाँच वर्षदेखि सुरिपोखरीको डिलमा टहरा बनाएर बस्दै आएका थिए। उनी नियमित रूपमा मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन्। आइतबार बिहानदेखि नै मदिरा सेवन गरेको अवस्थामा कौवाहा टोल हुँदै सुरिपोखरीस्थित आफ्नो बासस्थानतर्फ जाने क्रममा उनको मृत्यु भएको स्थानीयको भनाइ छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय विष्णुपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। मृत्युको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैबीच, विष्णुपुर गाउँपालिका क्षेत्रका गाउँघरमै अनुमति बिना खुला रूपमा मदिरा उत्पादन तथा बिक्री–वितरण हुने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार सहज रूपमा उपलब्ध हुने घरेलु मदिराको सेवनबाट विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर तथा किसान प्रभावित हुँदै आएका छन्। अनियन्त्रित रूपमा हुने मदिरा उत्पादन तथा बिक्री–वितरणलाई नियमन गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन र नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ। उनीहरूले खुला मदिराका कारण स्वास्थ्य तथा सामाजिक समस्या बढ्नुका साथै अकालमै ज्यान गुमाउने अवस्था प्रती  सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...