युवा नेता अमित कुमार साहको पहलमा मटियर्वा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

  • साउन २७, २०८३
  • १५४७ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत विद्यालय, मटियर्वामा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार ध्रुव नेपाल शिक्षा दान अभियानको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो। IMG-20260812-WA0032 कार्यक्रम मधेस प्रदेशका पूर्व सांसद मा. नरेश कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। शिक्षा र खेलकुदलाई विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै गरिएको यस सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अध्ययन तथा खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। कार्यक्रममा बोल्दै सहभागीहरूले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै खेलकुदप्रति उनीहरूको रुचि बढाउने यस्ता अभियान सामाजिक उत्तरदायित्वको उदाहरण भएको बताए। शिक्षा र खेलकुद क्षेत्रमा युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो। कार्यक्रमका सभापति तथा शिक्षा दान अभियानी ध्रुव कुमार साहले शिक्षा क्षेत्रमा सहयोग गर्ने अभियानलाई निरन्तरता दिइने बताए। IMG-20260812-WA0033 कार्यक्रममा मिर्चैया नगरपालिका–६ का वडा अध्यक्ष रामप्रकाश महासेठ, प्रधानाध्यापक रन्जु कुमारी यादव, शिक्षा प्रेमी एवं खेलकुद प्रशिक्षक रामनारायण साह, पूर्व प्रधानाध्यापक जगरनाथ साह, वरिष्ठ समाजसेवी धियानी साह, डा. शम्भु साह, सामाजिक अभियन्ता कृष्ण प्रसाद साह लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। IMG-20260812-WA0037 त्यस्तै राष्ट्रिय क्रिकेट खेलाडी शैलेन्द्र कुमार साह, राष्ट्रिय स्तरका क्रिकेट खेलाडी सन्तोष कुमार साह, ब्याडमिन्टन खेलाडी तथा समाजसेवी नन्दकिशोर साह (किरण) तथा राष्ट्रिय कुस्तीका गोल्ड मेडलिस्ट भरत कुमार यादव लगायत खेलकुद क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश टाइम्स दैनिकका सम्पादक रामपुकार यादव लगायत सञ्चारकर्मी, शिक्षक, शिक्षिका, कर्मचारी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न र खेलकुद प्रतिभाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस पहललाई स्थानीयस्तरमा सकारात्मक सामाजिक अभियानका रूपमा लिइएको छ। IMG-20260812-WA0029 सहभागीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...