पर्यटन मन्त्री खडक राज पौडेलको भ्रमण सूचीप्रति रास्वपा औरही सभापति यादवको आपत्ति

  • साउन ३०, २०८३
  • १०१ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही गाउँपालिका सभापति सन्तोष यादवले आपत्ति जनाएका छन्। सभापति यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पौडेलको भ्रमण सूचीमा मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी सडकअन्तर्गतका महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरूलाई समावेश नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। यादवले हुलाकी सडक क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थलहरूलाई बेवास्ता गरिएको भन्दै भ्रमण सूची पुनरावलोकन गर्न माग गरेका छन्। उनका अनुसार मधेसको पर्यटन प्रवर्द्धनका लागि हुलाकी सडक आसपास रहेका ऐतिहासिक तथा धार्मिक गन्तव्यलाई प्राथमिकतामा राखिनुपर्ने आवश्यकता छ। सभापति यादवले फेसबुकमा लेखेका छन्, “पर्यटन मन्त्रीज्यूको भ्रमण सूची हामीलाई मान्य छैन। हुलाकी सडकका सबै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको बेवास्ता गरिएको छ। यो सूचीअनुसार भ्रमण गराइयो भने हामी विरोध गर्ने जानकारी गराउँदछौँ।” उनले मन्त्री पौडेलको भ्रमणका क्रममा हुलाकी सडकअन्तर्गत रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरूलाई समेत समेट्न आग्रह गरेका छन्। माग सम्बोधन नभए आफूहरू विरोधमा उत्रिने चेतावनीसमेत यादवले दिएका छन्। मन्त्री पौडेलले २७ मार्च २०२६ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...