मधेश प्रदेशबाट संकलित राहत सामग्री काठमाडौंमा हस्तान्तरण

  • भदौ १७, २०८३
  • ११७ पटक पढिएको
  • प्र
alt

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको राहत सामग्री नेपाल सरकारको राहत संकलन केन्द्र, शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाडौंमा हस्तान्तरण गरिएको छ। राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका पदाधिकारीहरूको रोहबरमा नेपाल सरकारको राहत संकलन केन्द्रलाई हस्तान्तरण गरिएको हो। राहत सामग्री हस्तान्तरण कार्यक्रममा रास्वपा मधेश प्रदेशका सभापति तपेश्वर यादव, प्रदेश महामन्त्री मनिष साह, प्रदेश सचिवालय सदस्य डा. जयप्रकाश महतो, प्रदेश RAT विभागका उपप्रमुख आशिष साह, प्रदेश संगठन विभागका सचिव सोहन झा, प्रदेश मानव अधिकार प्रमुख डा. रविन यादव, मधेश प्रदेश काठमाडौं सम्पर्क विभाग प्रमुख डा. मनोज रजक, मधेश प्रदेश कृषि विभाग प्रमुख जयकरण महतो, महोत्तरी जिल्ला सभापति शुभम यादव, काठमाडौं धनुषा सम्पर्क विभाग प्रमुख प्रभु चौधरी, जनकपुरधाम उपमहानगरपालिका सभापति ललन कुमार नायक, सहसचिव रवि मुरारका लगायत पार्टीका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। मधेश प्रदेशका विभिन्न स्थानबाट नागरिक तथा स्थानीय तहको सहयोगमा संकलन गरिएको राहत सामग्री सम्बन्धित स्थानमा आवश्यकताअनुसार प्रयोग हुने गरी सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...