सिरहा मा ठगी गरेको आरोपमा दुईजना पक्राउ

  • पुस ३, २०७६
  • २३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 पुस ३ गते।सिरहा को मिर्चैया  नगरपालिका  मा   सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा   सिराहा प्रहरी ले दुईजनालाई  पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी ठगी गरेको आरोप मा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया को ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहाको  २५ वर्षीय प्रदीप साहलाई   पक्राउ  गरेको हो।


पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका–६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए । बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको  ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक सन्तुलाल चौधरीले बताएका छन।

राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको डिएसपी चौधरीले बताएका छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...