लक्ष्मीपुर पतारी गाउँपालिका द्वारा बु पत्रकार सम्मेलन गरी  ०७६र७७ को संशोधित वार्षिक नीति तथा कार्यक्रम सार्वजानिकीकरण ।

  • पुस ४, २०७६
  • ३५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा  पुस ।  प्रस्तुत संशोधित नीति तथा कार्यक्रम सम्बन्धित पालिकाका प्रशासकिय अधिकृत रविन्द्र महतले वाड नं १ देखि ६ सम्म पूल निर्माण, कलभर्ट निर्माण, पोखरी सौन्दर्यीकरण, बजार व्यवस्थापन गर्न ढल निर्माण, सार्वजानिक शौचालय, कृषि सिचाइ, कालोपत्रे आयोजना, सामुदायिक भवन निर्माण, एम्बुलेन्स खरिद, पक्की नाला निर्माण, विद्युतिकरण ,दुर्गा मन्दिर निर्माण, हनुमान ढोकाको कम्पाउन्ड निर्माण, शिव मन्दिर जिर्णेदार तथा देवीथान व्यवस्थापन जस्ता शीर्षकमा ७३ करोड ६० लाख रुपैयाको अनुमानित बजेट भएको कार्यक्रममा अधिकृत महतले बताए
२०७६ श्रावण देखि मंसीर २१ सम्मको विवरण्नमा २ करोड ५५ लाख ६८ हजार ५ सय ७९ रुपैयाको र सशर्त वजेट खर्च विवरणमा २ करोड ५५ लाख ६८ हजार ५ सय ७९ रुपैया ९८ पैसाको जम्मा खर्चको विवरण सार्वजानिक गरेका छन् ।
उक्त गाउँपालिकाले आर्थिक वर्ष ०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम गाउँ सभाबाट २०७६ अषााढ १० गतेमा पेश भइ बृहत छलफल गरि पास गरिएको थियो । उक्त गाउँ सभामा पेश भएका स्थानीय तहको आर्थिक विधेयक २०७६ र स्थानीय तहको विनियोजन विधेयक २०७६ माथि दफावार छलफल गरि संशोधन गरिएको कुरा पनि सार्वजानिक गरिएको छ ।
उत्त गाउाँपालिकामा विगत केही दिन देखि नेकपा र नेपाली कांग्रेसले वडामा बजेट बाँडफाँडबाट सन्तृष्टी नभई विभिन्न मितिमा ज्ञापनपत्रहरु बुझाउदै आएको थियो । सो समेतको खण्डन गाउँपालिका अध्यक्ष राम बल्लभ साहले गर्नु भएको हो ।
सम्बोधन कै क्रममा नेकपा कै प्रतिनिधि बिरेन्द्र साहले भने नेकपा भित्र आफैमा मिलोमतो छैन । कुनै कदम चाल्नु भन्दा पहिला सरसल्लाह नै हुदैन, आफै आफै गर्ने गर्दछ जस्ता आरोप आफनै पार्टीका कार्यकर्ताहरु माथि लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...