नरहा गाउँपालिकाको २०७४।७५ र २०७५।७६ को आय व्यय सार्वजनिक

  • पुस २२, २०७६
  • ८२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको नरहा गाउँपालिकाको २०७४।७५ र २०७५।७६ को आय व्यय सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४।७५ र २०७५।७६ को हालसम्मको आय व्यय सार्वजनिक गरेको हो । गाउँपालिकाका एक वडाध्यक्षसहित कार्यपालिका सदस्य तथा विपक्षी दलहरुले विभिन्न आरोपसहित पारदर्शीताको माग गर्दै झण्डै दुई महिनादेखि आन्दोलन गर्दै आइरहेका छन्् ।

विभिन्न योजनामा कामै नगरी रकम निकालिएको तथा मनोमानी तरिकाले व्यापक भ्रष्टाचार भएको आरोप उनीहरुको छ । गाउँपालिकाको आम्दानी र खर्चको पूर्ण विवरण माग गर्दै आन्दोलन भइरहँदा गाउँपालिकाले भने पत्रकार सम्मेलन नै गरेर आय व्यय सार्वजनिक गरेको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको आय व्यय अनुसार, आर्थिक वर्ष ७४।७५ मा कुल बजेट २१ करोड ९६ लाख १ हजार ८ सय ४३ रहेकोमा १७ करोड ३६ लाख ३१ हजार ९ सय ७८ खर्च भएको छ भने आर्थिक वर्ष ७५।७६ मा १९ करोड ६४ लाख ९९ हजार ३ सय ८४ बजेट रहेकोमा १५ करोड ७० लाख ७८ हजार ६ सय रकम खर्च भएको आय व्यय विवरणमा उल्लेख छ । आन्दोलन तथा विरोधले पालिकाको काम कारवाहीमा समस्या भएको भन्दै यसको समाधान होस् तथा गाउँपालिकाको आय व्यय विवरण सबै समक्ष पुगोस् भनेर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए ।

अध्यक्ष यादवले यसअघि उनीहरुलाई योजना दिँदा अपारदर्शी काम गरेको र त्यसपछि नदिँदा व्यक्तिगत स्वार्थको लागि आन्दोलन गरिरहेको गुनासो गरे । पहिला योजना चलाउन दिँदा केही नबोल्ने तर, अनियमितता नहोस् भनेर अब नदिँदा भइरहेको आन्दोलन विरोधीको बखेडा बाहेक अरु केही नभएको दावी उनले गरे ।

यस गाउँ कार्यपालिकामा १३ सदस्य छन् । तीमध्ये वडाध्यक्षसहित पाँचजना सदस्य आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले आय व्यय सार्वजनिक गरेपनि उनीहरुले आन्दोलन भने यथावत् राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...