लहान नगरपालिकाको संशोधित बजेट सार्वजनिक

  • माघ २, २०७६
  • २८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान । लहान नगरपालिकाको पाँचौ नगरसभाबाट चालु आ.ब. १ अर्ब ६२ करोड २४ लाख ६१ हजार २९ पैसा ७६ को सँशोधित बजेट प्रस्तुत गरेको छ ।
लहान नगरपालिकाको पाँचौ नगरसभा पौष २८ गते सम्पन्न भएर पौष २९ गते पत्रकार सम्मेलन गर्दै मेयर मुनि साहले आ.ब.०७६।०७७ को कार्यक्रम संचालनमा आउँने मुख्य कार्यहरु सार्वजनिक गरेको छ ।
चालु आर्थिक बर्षको लागि लहान नगरपालिकाले नगरसभा हँल, खुट्टी नहर संचालन, बानो नहर, तरकारी बजार, नयाँ बजार, महिला विद्यालय, दलित वस्ती एकीकृत, बथनाहा बजार, स्वास्थ्य चौकी, वडा कार्यालय, बस पार्क, भवडा पार्क, सलहेश क्षेत्रमा जग्गा खरिद, रिँगरोड सिमाँकन, नदी नियन्त्रण, ३ कि.मि. सडक, ग्राभेल कार्यहरु, कृषि सडक, वाटरएड खानेपानीसँगको सहमति, स्कूलको भवनहरुलगायत भौतिक निर्माण कार्यलाई अघि बढाउँने योजना रहेको बताए ।
त्यसैगरी, चालु आर्थिक बर्षमै ज्येष्ठ नागरिक सम्मान, विपद् व्यवस्थापन, दलित राशन कार्ड, स्वास्थ्य शिविर कार्यक्रम, किसान परिचयपत्र, शिक्षा कार्यक्रम—स्कूल स्तरवृद्धि, स्वास्थ्य कार्यक्रम, पशु कार्यक्रम, विभिन्न किसिमको शिपमुलक तालिम र नयाँ ढँगले सरसफाई कार्यक्रम तथा अतिक्रमण नियन्त्रणलगायतको समाजिक कार्य अघि बढाउँने मेयर मुनि साहले बताए । योसँगै फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साईट), सडक अतिक्रमण, खुला रुपले दिशा गर्ने, जथाभावी गाडी पार्किँग, नहर क्षेत्र अतिक्रमण र सार्वजनिक क्षेत्र अतिक्रमण जस्ता कार्य समस्या र चुनौतीको रुपमा रहेको पत्रकार सम्मेलनमा मेयर साहले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...