माघ ११ गते उपेन्द्र मधेश आन्दोलनको नातेदार बने, आन्दोलनको मूलस्थल लहान सुनशान

  • माघ ५, २०७६
  • २३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान,५माघ । मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशले सँघीयता पाएपछि विभेद अन्त्यको अभ्यास र विकासको रफ्तार पाएको छ ।
०६३ ताकाको प्रथम मधेश आन्दोलनले मधेशवादी नेताले यथेष्ट उपलब्धी पाएपछि लहानमा प्रत्येक बर्ष सहिद स्मरणीय मेलाको रुपमा कार्यक्रम गर्दै आएका थिए । तर, यस बर्ष प्रदेश २ सरकारले आफुले पाएको उपलब्धीमय मधेश आन्दोलनको मूलस्थललाई लत्याउँदै अन्तै कार्यक्रमको आयोजना गरेको छ ।
प्रदेश २ सरकारको गैरनेतृत्वपन यस्तो पनि रहियो । जो मधेश आन्दोलनको मूलस्थल लहानमा रहेको कतिपय कार्यालय सारेर लगिएको छ । मुलत लहानप्रति प्रदेश २ सरकार बैमनस्ता गरिरहेको ठहर छ ।
हुन पनि हो — मधेश आन्दोलन मधेशवादी नेता उपेन्द्रलाई माघ ११ गते सम्बन्ध जोडिएको हो । जहाँ राजेन्द्र महतोले जिम्मेवारी लिन नचाहेर मधेशभरी आन्दोलन मधेश मिडिया मिशन नेपालको सहकार्यमा चलेको थियो ।
त्यतिबेला मधेश मिडिया मिशन नेपालले वीरगन्ज, विराटनगर, झापा, रौतहट, जनकपुरलगायतमा शाखा गठन गरेको थियो । मधेश मिडिया मिशनको ब्यानर नै लिएर माघ ५ देखि आन्दोलनको गति दिएको थियो ।
मिशनका केन्द्रीय अध्यक्षले उपेन्द्र यादवलाई माघ ११ गते कान्तिपुर टेलिभिजनमा सम्पर्क गराएर अन्तरवार्ता दिन लगाएर मधेश आन्दोलनको सम्बन्ध पाएको हो । उपहारमा पाएको आन्दोलनले उपेन्द्र यादवलगायत मधेशी नेताहरु आज मधेश आन्दोलनको मूलस्थल लहानसँग सम्बन्ध छोड्नु कुनै जबरजस्ती होइन् ।
मधेश आन्दोलन अगाडि उपेन्द्र यादव मुनी साहलाई भेट्न तीन पटक आएका थिए । हाल मुनी साह लहानका मेयर हुन् । उनले मधेश मिडिया मिशनका अध्यक्षलाई कार्यक्रम तथा पत्रकार सम्मेलन गर्न भन्दिने गर्थे ।
त्यस बेला उपेन्द्र यादवको पत्रकार सम्मेलनमा तीन जना पत्रकार हुन्थ्यो । मेयर मुनी साहले रिक्शा र बस भाडा दिएर उपेन्द्रलाई पठाउँथियो । यही सम्बन्धले माघ ११ गते उपेन्द्रलाई मधेश आन्दोलनको नातेदार बनाएको हो ।
मधेश आन्दोलनको क्रममा रमेश महतो, विजय सहनी, प्रमोद सदाय, अनिस अन्सारी र वेचन यादवले सहादत दिएका थिए । त्यसकै सम्झानामा प्रत्येक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...