लहानमा दिने आपत्तकालिन तयारी तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  • माघ ६, २०७६
  • २२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिश्वकर्मा लहान ६, माघ । सिरहाको लहानमा आईतवार तिन दिने आपत्तकालिन तयारी तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय श्रम विभाग अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजनाको समनवयमा ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । आपत्तकालिन दुर्घटनाबाट जोगिनका साथै रोकथम गर्ने उदेश्यले तालिमको आयोजना गरेको आयोजकले जानकारी दिनुभएको छ । तालिममा ब्यबसायमा संलग्न कामदारहरुको शारीरिक , मानसिक र समाजिक सुरक्षाको संरक्षण र प्रबद्र्धन गर्नका बिभिन्न उपायको बारेमा बिशेष रुपले छलफल भएको थियो । तालिममा सिरहा सप्तरीका ग्रिल ब्यबसायहरु , बिभिन्न उधेगहरु संचालन गर्ने संचालक र कामदार लगायत २८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण ईन्जिनियर उदय कुमार महतो , यज्ञश्वर धर्ती र मो. मोन्तसिर अन्सारी ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...