नेतृत्वको गैरजिम्मेवारीपनले शिक्षामा बेथिती

  • माघ ८, २०७६
  • ५५३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷माघ ०८,बिष्णुपुर सिरहा ।सरकारले शिक्षा क्षेत्रमा बजेटको दायरा साँगुरो नराखेतापनि नेतृत्वको गैरजिम्मेवारीपनले शिक्षामा बेथिती देखिएको छ ।

शिक्षा क्षेत्रमा बजेट बढ्दै गए पनि त्यसको उपलब्धि प्रभावकारी बन्न सकेको छैन । स्थानीय तह, प्रदेश मातहत शिक्षा गए पनि अझै स्थानीय तहले समेत विद्यालयको अनुगमन प्रभावकारी तरिकाले अगाडि बढाउन सकेको छैन । कानुन पालनामा उदासीनता, आन्तरिक नियन्त्रण फितलो, नेतृत्वको गैरजिम्मेवारीपन, दायित्वबाट उन्मुक्ति हुने अवस्था रहनुले पनि शिक्षामा बेथिती देखिएको छ ।

पछिल्ला दिनहरुमा सिरहा सम्बद्ध स्थानिय तहरुको सामुदायिक बिदालयहरुमा सरकारको तलब खाँदाखाँदै पनि शिक्षकले अध्यापनमा उदासिनता देखाएको र प्रधानाध्यापकले कुशासन सृजना गरेको देखिएको छ ।सिरहाको बिष्णुपुर स्थित अधारभुत बिदालय १०,निम्न माध्यमिक १ र माध्यमिक बिदालय ३ गरि जम्मा १४ वटा सामुदायिक बिदालयहरु रहेतापनि यहाँको अध्ययन अध्यापन प्रभावकारी र सन्तोषजनक नरहेको बिदार्थी अबिभावकहरुको गुनासो रहेका छन ।

यसले सामुदायिक बिदालयहरु छोडेर निजि बिदालयतिर बिदार्थीहरु पलायन भएको देखिन्छ । यति धेरै बेथितीका कारण शिक्षा क्षेत्र गाँजिएको र शिक्षा क्षेत्र कुशासनको चपेटामा पर्दै आएको सहजै अनुमान गर्न सकिन्छ ।

बिगत केहि दिन देखि बिष्णुपुर गाउापालिका स्थित सामुदायिक बिदालयहरुमा खास गरि प्रधानाध्यापक निउतिmका कारण उत्पन्न द्धन्द र समस्या सहज हुन नसकेपछि बिदालय धरापमा रहेको साथै त्यहाँका पठन पाठन राजनितिको खालमा रहेपछि बिदार्थीहरुमा नाकारात्मक प्रभाव परेको देखिन्छ ।जनता माध्यमिक राजपुर र माध्यमिक बिदालय गौरिपुर लगायत माध्यमिक बिदालय लक्ष्मिपुर पनि यसता सम्स्याहरुबाट टाढा नरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...